असार १७, काठमाडौँ । आज श्री एयरलाइन्सको सबै उडान स्थगित गरिएको छ ।
श्री एयरलाइन्सले आज आफ्नो एयरलाइन्स अन्तर्गतका सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि उडान स्थगित गरिएको जनाएको छ ।
हिजो शनिबार काठमाडौँबाट उडान गरी धनगढी पुगेको विमानमा समस्या देखिएपछी पुन काठमाडौँ नै फर्किएको थियो। यसै विषय अन्तर्गत एयरलाइन्सले आज सबै विमानहरुको परीक्षण गर्ने र सोमबारदेखि सबै उडानहरु नियमित रुपमा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता