असोज १५, काठमाडौँ । सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको विशेष निर्देशन र पहलपछि वायुसेवा कम्पनीहरू सहमत भएका छन्।
वायुसेवा
सञ्चालक समितिले मन्त्री पाण्डेको निर्देशनअनुसार असोज १३ गते जारी गरिएको प्रेस
विज्ञप्तिलाई कडाईका साथ कार्यान्वयन गर्ने र सडक सञ्चालनमा नआएसम्म महँगो
भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्।
हवाई
कम्पनीहरूले यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका अहिले
सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने सहमतीजनाएका
छन ।
- न्युज बहार संवाददाता