Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने कार्य हुँदै

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, कञ्चनपुर । निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा भइरहेको छ ।  निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटा र नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को सहयोगमा बोर्ड राख्ने काम गरिएको हो । निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर बोर्डमा राखिएको छ । 

‘होर्डिङ बोर्ड’ राखिने चराहरुमा कैलोटाउके हाँस, सिमतित्रा, खरमुजुर, राजलहाचे, उत्कोशी फ्यालफ्याले, सानो खरमुजुर, रणमत्त महाचिल, गोमायु महाचील, सारस, बोक्सी चील, लोभीपापी गरुड, लघु महाचील, भुँडीफोर, जीवाहार चील रहेका छन् ।

यसैगरी डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, सुनौलो टोपचरा, नर्कट भ्याकुर, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नाम पनि राखिएको छ । 

  • न्युज बहार संवाददाता

थप