जेठ १६, सोलुखुम्बु । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी महिला बनेकी छिन ।
पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै छब्बीस वर्षीया उनले यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरेकी हुन।
उनी भन्छिन् ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँशु थाम्न सकिनँ, ‘छाउपडी प्रथा अन्त्य गरौं’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।
वर्षौंदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनी खुसि छिन।
- न्युज बहार संवाददाता