Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

“५ नयाँ नियम अब छिट्टै लागु हुने” नागरिक उड्डयन प्राधिकरण ।

यी व्यवस्था लागू भएसँगै हवाई उडान थप केही व्यवस्थित हुनेछ।

  •   ४ वर्ष अघि | २० माघ २०७९, शुक्रबार

माघ २०, काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान व्यवस्थित र सुरक्षित बनाउन नयाँ नियम लागू गर्ने भएको छ। प्राधिकरणले बताएको छ आन्तरिक हवाई उडान थप मर्यादित, भरपर्दो, सुरक्षित, र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल भइरहेको बताएको छ।

प्राधिकरणले छिटैबाट लागू हुने गरी पाँच वटा नयाँ नियम ल्याउने भएको हो।

सूचना अधिकारी भुलले भनेका छन 'यी व्यवस्था लागू भएसँगै हवाई उडान थप केही व्यवस्थित हुनेछ। 'यस विषयमा अहिले विज्ञ र सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको छ।

प्राधिकरणले लयाउन लागेको पाँच वटा नयाँ नियमहरुमा पहिलो नियम पाइलटको दैनिक उडान समय र संख्या सग सम्बन्धित हुने छ, दोस्रो नियम चालक दलका सदस्य संख्या र उडान अवधिसँग सम्बन्धित छ, त्यसैगरी पाइलटहरूको सीप परीक्षणसँग सम्बन्धी नियम पनि एक अर्को नियम भित्र पर्दछ, जहाजको उडान प्रणाली र उचाइसँग सम्बन्धित नयाँ व्यवस्था र अन्तिममा  तराईका सबै विमानस्थल र पोखरामा पनि आइएफआर जडान गर्नेसंग सम्बन्धित रहेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ।

 

थप