Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गुडिरहेको स्कुटरमा रुख ढलेर च्यापिदाँ एक जनाको मृत्यु

  •   ३ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । बर्षासँगै आएको हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । पाल्पामा शनिबार साझ परेको अविरल बर्षा तथा हावाहुरीको कारण रुख ढल्दा सडकमा गुडिरहेको एउटा स्कुटर च्यापिन पुग्यो ।

तानसेन न.पा. ८ जरेपिपल स्थित सिद्धार्थ राजमार्गमा लु ८१ प ११३६ नम्बरको स्कुटरमाथि रूख ढल्दा स्कुटर चालक  तानसेन नगरपालिका २ बडिज्ञानटोल बस्ने वर्ष २० को प्रथम शाही र स्कुटर पछाडि सवार तानसेन ५ कैलाशनगर बस्ने बर्ष १९ को भुवन दर्लामी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेमध्ये एक भुवन दर्लामीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । 

  • न्युज बहार संवाददाता

थप