माघ ११, काठमाडौँ । हिजो
बानेश्वरको संसद भवन अघि आफुमाथी प्रेट्रोल खनाएर आत्मदाहाका प्रयास गरेका इलामका प्रेम आचार्यलाई
नेपाल पुलिस र अन्य स्थानियको सहयोगमा घटनाबाट उद्धार गरी किर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार भईरहेको थियो । भने उहाँको अवस्था
चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो । उनको फोक्सोमा पनि धुवाँले असर गरेको प्रारम्भिक रिपोर्ट आएको थियो ।
तर दुख लाग्दो कुरा उपचारको क्रममा प्रेमप्रसाद आचार्यको कीर्तिपुर अस्पतालमा आज निधन भएको छ । अफुले काम गरेको विभिन्न ठाउँवाट रकम नदिएको र दादागिरी गरेर थर्काएको साथै अरु विभिन्न ठाउँबाट पनि आउनु पर्ने पैसा नआएको हुँदा जीवन गारो भएकोले यस्तो गरेको भनि उनले आत्मदाहाको प्रयास गर्ने केही समय अघी आफ्नो सामाजिक सञ्जालमा लेखेका थिय। साथै उनले आफ्नो सामाजिक सञ्जालमा म मरे पनि मेरो देश बाचिरहोस भनेर पनि लेखेका थिय । इलामका प्रेम आचार्यको घटनाले नेपालमा काम गर्न र आफ्नै प्रयासले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न चाहने प्रतिनिधिको वास्तविकता देखाउँछ। यसले हाम्रो देश नेपालको निति नियम तथा सिस्टम बिग्रँदो छ भन्ने देखाएको छ । त्यस्तै सत्तामा बसेकाहरू पैसाका भोका हुन्छन् र वास्तविक विकास र उचित सिस्टम/प्रणालीको लागि वास्ता गर्दैनन् भन्ने देखाउँछ । यसरी देशको सिस्टम प्रणाली र बिग्रँदो निति नियमको शिकार भएका प्रेम आचार्यको आत्माले शान्ति पाउला त ? आशा गरौं भविष्यमा यस्तो घटना दोहोरिने छैन।
-
Mr. Admin