वैशाख
१८, काठमाडौँ । सरकारमा जाने कुनै रूची नभएको नेकपा (माओवादी
केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।
अखिल
नेपाल ट्रेड युनियन महासंघले बिहीबार काठमाडौँमा आयोजना गरेको १३६ औँ अन्तर्राष्ट्रिय
मजदुर दिवसको अवसरमा गरेको एक कार्यक्रममा बोल्दै उनले यथास्थितिवादी पार्टीहरूसँग
मिलेर सरकारमा जाने रूची नभएको बताएका हुन्।
उनले भने
'हामी अब
फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुची छैन,
हामी जनतासँगै ठिक छौँ, हामी हाम्रो वर्गसँगै ठिक छौँ, तपाईँहरू कन्फ्युजनमा
नपर्नुहोला।'
आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर अध्यक्ष दाहालले गरेका छन।
- न्युज बहार संवाददाता