फागुन १८, काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग मागेको छ ।
पार्टी कार्यालय बसुन्धरामा बिहीबार रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ। लामिछानेलाई भेटेर एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।
रास्वपाका नेताहरुलाई नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरुले भेटेका छन ।
यसअघि आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङको पक्षमा मत मागेका थिए ।
- न्युज बहार संवाददाता