साउन ७, काठमाडौँ । आज पनि रास्वपा - स्वतन्त्र पार्टी र राप्रपा - राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा राष्ट्रिय अवरोध गरेका छन् । यी दुई दलले बिगत ५८ दिन देखि संसद्मा अवरोध गरिरहेका छन ।
दुवै दलका
सांसदहरू बुधबारको बैठक सुरु भए लगत्तै उठेर असहमति जनाए । त्यसपछी सभामुखले बोल्ने
समय दिए र रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नाममा नेपाली
बेचिने काम भइराखेको बताइन् ।
सांसद कंसाकारले
७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट
राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका
भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसद्मै रहेको बताएकी छन ।
त्यस्तै
अर्को तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जताततै
भ्रष्टाचार रहेको र भ्रष्टाचार अन्त्य गर्नका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई
ल्याइनुपर्ने बताएका छन ।
- न्युज बहार संवाददाता