Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यो तस्करविरुद्धको लडाइँ हो, म आत्तिएको छैन : दुर्गा प्रसाई

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म  संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् । उनले आज शुक्रबार पक्राउ परेपछि प्रहरी नियन्त्रणकै क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदा आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताएका हुन । 

उनका अनुसार उनलाई प्रहरीले पक्राउ गरेको नभई उनले आफैँ गिरफ्तारी दिएका हुन । उनले भने  ‘यो तस्करविरुद्धको लडाइँ हो, म आत्तिएको छैन, अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि....।’  

प्रहरीले आज उनलाई भारतबाट पक्राउ गरेको हो । उनलाई आज पक्राउ गरि आज नै काठमाडौँ ल्याएको छ । यता प्रहरीले भने उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप