Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछानेको राहदानीसँग सम्बन्धित जाहेरी दर्ता गर्नु नपर्ने- सरकारी वकिल कार्यालय ।

रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ ।

  •   ४ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार

फागुन ३, काठमाडौं । सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ ।

सिन्धुलीका युवराज पौडेल (सफल) ले लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर सो जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछी सफलले उक्त जेहेरी प्रहरीले लिन नमानेको भन्दै सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता गरका थिए। उक्त निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले विभिन्न निकायहरुबाट आवश्यक कागजात र विवरण झिकाई त्यसको अध्ययन गरेको जानकारी आएको थियो।

अहिले सोही विषयमा सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै उक्त निवेदनलाई थन्क्याउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले भने “यही विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरीमाथि अनुसन्धान सुरु भएको रहेछ, त्यहाँ छानबिन चलिसकेपछि यहाँ आएको उजुरीमाथि थप केही गर्नुपर्ने देखिएन, त्यसैले थप केही गर्नुपरेन भनी निर्णय गरेर यो उजुरी थन्क्याउने निर्णय गरेका छौं।”

अब प्रहरीले प्रहरीको अनुसन्धान सकेर प्रतिवेदन पेश गरिसकेपछि मात्रै सरकारी वकिलको कार्यालयले त्यस विषयमा थप अध्ययन गरी उपयुक्त निर्णय लिने छ ।

थप