फागुन २५, काठमाडौँ। सर्वोच्च अदालतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध परेको रिटमा न्यायाधीश
विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुने भएको छ।
विश्वम्भरप्रसाद
श्रेष्ठको इजलासमा आज चौथो नम्बरमा यो रिट रहेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख गरिएको छ। अधिवक्ता कल्याण बुढाथोकी र ज्ञानेन्द्रराजले यही गएको मंगलबार प्रचण्डविरूद्ध दर्ता
गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
प्रचण्डविरूद्ध दुई अधिवक्ताले द्वन्द्वकालीन मुद्दालाई लिएर फौजदारी
अभियोगमा छानबिन र कारबाही समेत हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।
- न्युज बहार संवाददाता