जेठ २८, काठमाडौँ । भिजिट भिसा प्रकरणमा लाखौं नेपालीले दुःख पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले बताएकी छन । सांसद गौतमले यो मुद्दा कुनै निचोडमा नपुगि यतिकै छाड्न नहुने बताएकी हुन ।
सांसद गौतमले
आज बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा धेरै नेपालीले
आफूहरूलाई सो प्रकरणमा जोडिएर गुनासो गरेको भन्दै राजनीतिक दलहरूबीच राष्ट्रिय
सहमतिको खाँचो रहेको बताएकी छन ।
यस विषयमा
उनले भनिन् ‘रास्वपाले
सदन अवरुद्ध गरेको होइन, रास्वपाले जनताको मुद्दा समाधान गर्न बाटो खोजौँ भनिरहेको
हो , सहमति गरौं, यो मुद्दाको हकमा राष्ट्रिय सहमति गरौं, समाधानतर्फ जानुपर्छ।’
- न्युज बहार संवाददाता