फागुन २९, काठमाडौँ । प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् नेकपा माओवादी केन्द्रका अध्यक्षले
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री
प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव लगतै विश्वासको मत लिने तयारी गरेका छन
।
विश्वासको
मत लिएर मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन योजना बनाएका छन्।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि नै प्रचण्डले विश्वासको मत लिन खोजेका थिए तर
समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो ।
प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सत्ता गठबन्धनका तर्फबाट ८ दल सरकारमा जाने
तयारी गरिरहेका छन।
- न्युज बहार संवाददाता