फागुन
१७, काठमाडौँ । प्रदेश १ को संसद्हरुले पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन सकेका
थिएनन् अब संसद्हरुले दोस्रो कार्यकालको
पहिलो अधिवेशनबाट नै प्रदेशको नाम टुङ्ग्याउन विषयको टुङ्गो लगाउने प्रयास गर्ने
भएका छन ।
प्रदेश १
को नाम विश्वस्त स्रोतले दिएको जानकारी अनुसार ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा
बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । दलहरूले परिस्थिति बिग्रन सक्ने भन्दै
यो विषयलाई गोप्य राख्न खोजेका छन।
सत्तारुढ पार्टीका एक नेताले भने,'प्रदेशको नाम नदीको नामबाट हुने भएको छ, दलहरुबीच कोशीको नाममा सहमति भइसकेको छ, एकै पटक प्रस्ताव राख्ने, उक्त नाममा सबै दलको तर्फबाट समर्थन गर्ने अनि एकै दिनमा पारित गर्ने हाम्रो कोसिस हुनेछ ।’