माघ २६, काठमाडौँ । प्रदेश सभामा सुदूरपश्चिमका मुख्यमन्त्री
राजेन्द्रसिंह रावलले विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।
विश्वासको मतमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग
सहमति हुन नसकेपछि रावलले मत लिने अन्तिम दिनमा बैठक बेलुका ५ बजेसम्मका लागि सरेको
हो।
नागरिक उन्मुक्ति पार्टीले
विश्वासको मत नदिने बताइसकेको छ भने उनिहरुकै मत नै बहुमतका लागि निर्णायक मानिएको
छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए सुदूरपश्चिमका मुख्यमन्त्री
राजेन्द्रसिंह रावल द मुक्त हुने व्यवस्था रहेकोले आज कसैगरी भएनी विश्वासको मत
लिनै पर्ने बाध्यता रवललाई छ ।