फागुन १२,
काठमाडौँ
। राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने
भएको छ । निर्वाचन आयोगको मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम
नामावली प्रकाशन गर्ने तयारी रहेको छ ।
भोलि (शनिबार) आयोगले यसअघि नै
सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता हुनुपर्ने छ। राष्ट्रपतिका लागि फागुन २५
गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने आज सहमति जुटाउन अन्तिम छलफलमा जुटेका छन् ।