फागुन २८, काठमाडौँ। आज उपराष्ट्रपति निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।निर्वाचनको अधिकृतको कार्यालयले चैत ३ गते हुन लागेको उपराष्ट्रपति निर्वाचनको लागि चार जनाको नामावली सार्वजनिक गरेको हो।
जसपाबाट
प्रमिला कुमारी यादव, नेकपा
एमालेबाट अष्ट लक्ष्मी शाक्य, जसपाबाट नै रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको
नाम अन्तिम नामावलीका रुपमा सार्वजनिक भएको छ।
जसपाले उपराष्ट्रपतिमा
महिला हुनुपर्ने भन्ने विवाद आएपछि दुई जनाको उम्मेदवारी दिएको हो।
- न्युज बहार संवाददाता