फागुन
२१, धनगढी। कमलबहादुर शाह सुदूरपश्चिमका मुख्यमन्त्रीले आज प्रदेश सभाबाट
विश्वासको मत पाएका छन्।
आज आइतबार
दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका हुन। आजको मतदानमा ५२
जना सांसद सहभागी भएका थिए भने त्यसमध्ये शाहको पक्षमा ४१ मत आएको हो। उनको विपक्षमा ११ मत पर्यो।
प्रदेश
सभामा एमालेका १० सांसद छन्। शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत नदिएका हुन।
यस अघिका
राजेन्द्र सिंह रावलको सरकार ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको
नेताका हैसियतमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका हुन।
- न्युज बहार संवाददाता