फागुन १९, काठमाडौं । सर्वोच्च अदालतमा पेश भएको
रिट निवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतले दर्ता
गर्न आदेश दिएको छ। अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय
बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो ।
प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने २०७६ माघ १ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा अधिवक्ता कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरण लगायतले यही विषयलाई रिट दिएका थिए।
सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दर्ता नहुने भनि दर्ता गर्न मानेको थिएन र दर्ता नहुने आदेश समेत गरेको थियो।सोही दर्ता नगर्ने आदेश विरुद्ध निवेदकहरुले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए। यही बिषयमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले आज निवेदन दर्ता गर्न आदेश दिएको हो। उनीहरुले आइतबार नै निवेदन दर्ता गराउने योजना बनाएका छन्।
- न्युज बहार संवाददाता