फागुन
२४, काठमाडौँ। प्रहरीले चितवन घर भएका शम्भु थापालाई बैंक तथा वित्तीय संस्थाका
कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा पक्राउ गरेको छ। व्यवसायी दुर्गा
प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक समेत भनिने थापालाई प्रहरीले पक्राउ
गरेको हो। उनले सामाजिक संजालमा टिकटकमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय
संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए।
चितवनका
एसपी रामेश्वर कार्कीले सोही धम्की पुर्ण भिडियोलाई आधार बनाएर थापालाई चितवनको
भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको बताएका छन। मंगलबारनै पक्राउ परेका
थापाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
‘टिकटक’ लगायत अन्य सामाजिक संजालमा थापाले
भिडियो पोष्ट गरेर धम्की दिए लगतै बैंक तथा वित्तीय संस्थाहरूले त्यसबारे आपत्ति
जनाएका थिए।
- न्युज बहार संवाददाता