कात्तिक २९, बुटवल । आज बिहीबार तेस्रो दिन
पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरू गरिएको छ । लामिछानेलाई
पोखराबाट भैरहवा ल्याइएको थियो भने उनलाई हिजोदेखि जिल्ला सरकारी वकिल कार्यालय
रूपन्देहीमा लिखित बयान लिन सुरू गरिएको हो ।
लामिछानेसँग
हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा
पठाइने रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले बताएका छन । लामीछानेमाथी
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धान भइरहेको छ ।
- न्युज बहार संवाददाता