पुस
३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र
पार्टीका सभापति रवि लामिछाने आज नछुट्ने भएका छन । बिहीबार उच्च अदालत बुटवलले
उनलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी अहिले भैरहवा जाने तयारीमा रहेका छन्। आवश्यक
कागजी प्रक्रिया पूरा गर्न उनी भैरहवा जान लागेका हुन्।
रास्वपा स्रोतका अनुसार लामिछाने भोलि
बिहान हवाई मार्गबाट भैरहवा जाने तयारीमा छन्। नख्खु कारागार पुगेका पार्टीका
केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नआएकाले रवि भोलि मात्र रिहा हुने जानकारी
दिएका छन्।
ढकालका अनुसार छुट पुर्जी जिल्ला
अदालतबाट भोलि मात्र आउने भएकाले लामिछानेले भैरहवामा गएर पुर्जी लिने र त्यसपछि
रिहा हुनेछन्।
उच्च अदालत
तुलसीपुरको बुटवल इजलासले धरौटी रकम बुझाएर लामिछानेलाई रिहा गर्न आदेश दिएको हो।
बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको
निवेदनअनुसार बिगो बराबरको धरौटी बुझाएपछि छाड्न आदेश दिएको थियो।
- न्युज बहार संवाददाता