मंसिर २७, पोखरा । आज बिहिबार राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ
। गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो
पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको जनाइएको
छ । लामिछाने सहित अन्य ४ जनालाई पनि अदालत उपस्थित गराइनेछ ।
प्रहरीका
अनुसार अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गरिने छ ।
त्यसपछी अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी गरिएको
छ ।
- न्युज बहार संवाददाता