Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राजेन्द्र लिङदेन “रास्वपालाई पुन सरकारमा ल्याउन छलफल भईरहेको छ।”

बैठकमा सभापति लामिछाने पनि सहभागी थिए ।

  •   ४ वर्ष अघि | २९ माघ २०७९, आइतवार

माघ २९, काठमाडौँ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा ल्याउन सत्ता गठबन्धनमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

आइतबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुन: सरकारमा ल्याउनेबारे छलफल भएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘रास्वपालाई पुन: सरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ,’ संयन्त्र बैठकपछि उनले, ‘यस विषयमा बैठकमा कुराकानी भएको र उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्ने जिकिर गर्दै त्यसका बारेमा केही प्राविधिक समस्या रहेकोले, उक्त विषयमा छलफल भइराखेको।’ भन्ने जानकारी दिएका छन ।

बैठकमा सभापति लामिछाने पनि सहभागी थिए भने बैठक बालुवाटारमा बसेको थियो । लामिछाने नेतृत्वको पार्टी रास्वपाले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा १९ जना सांसद छन्।

थप