फागुन
२३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् नेकपा माओवादी केन्द्रका
अध्यक्षले सर्वोच्च अदालतले आँफु बिरुद्धको मुद्दा दर्ता गर्न दिनु आफूलाई मात्रै
प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन्। आज
भएको माओवादी धाराका ८ दलको बैठकमा बोल्दै प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा
एजेन्डा बनाएर अगाडी जानुपर्ने बताएका छन।
नेकपा
बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन
मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको बताएका छन। उनले भने ‘आठ पार्टीहरू छलफल भयो, सङ्क्रमणकालीनमुद्दाहरु
साझा विषय बनाएर जाने विषयमा समझदारी पनि भयो।’ ओलिले अगाडी भने ‘सबैको जोड
सङ्क्रमणकालीन न्यायका काम छिटो टुंगो लगाउनु पर्छ भन्ने नै हो,
सङ्क्रमणकालीन न्यायकाविरुद्ध
जाने विषय सह्य हुने छैन, त्यसका विरुद्ध एक जुट भएर प्रतिवाद गर्ने छौँ। '
यता
प्रधानमन्त्री प्रचण्डले भने अहिले नै माओवादी धाराहरू एकता गरेर जाने अवस्था भने
नरहेको बताएका छन्। प्रचण्ड भनाईलाई उदृढ गर्दै प्रवक्ता ओलिले भने ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा भएको
छैन, सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ।’
- न्युज बहार संवाददाता