Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रचन्डलाई प्रस्ताव राष्ट्रपति महन्थ ठाकुरलाई बनाउँ ।

प्रस्ताबका साथ प्रधानमन्त्री प्रचण्डलाई भेट्न लोसपाका नेता बालुवाटार पुगेका छन ।

  •   ४ वर्ष अघि | ९ फाल्गुन २०७९, मङ्लबार

फागुन ९, काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेका छन् ।

अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि मंगलबार बसेको शीर्ष नेताको बैठकले गरेको सहमतिमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनीहरु बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका थिए ।

राष्ट्रपतिमा माओवादी केन्द्र, काँग्रेस, एमालेमा एकअर्का दलहरुसँग सहमति नजुटेको समयमा राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष राख्ने लोसपाको तयारी रहेको उनिहरुले बताएका छन ।

यसै बिच लोसपाले पनि सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने कुरा प्रष्ट भएको छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरिसकेका छन । 

थप