भदौं १५, काठमाडौँ
। अब प्रधानमन्त्रीमा आफ्नो
कार्यकाल २० महिना १५ दिन बाँकी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्
।
प्रधानमन्त्री ओलीले आज शनिवार
क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूले पाएको
कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताएका हुन ।
यस विषयमा उनले भने– ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर दिन चाहान्छु, मेरो यस पटकको प्रधानमन्त्रीको
कार्यकाल अब १ वर्ष
१० महिना १५ दिन मात्र बाँकी छ । बढी खाऊँ भन्ने होइन कि समयमै हस्तान्तरण गरौँ
भन्ने मेरो नीति अनुसार मैले हप्ता दिन अघि नै छोड्नेछु ।’
- न्युज बहार संवाददाता