Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछाने र प्रधानमन्त्रि प्रचण्ड बिच बालुवाटारमा भेटबार्ता । के के भयो भेटमा ?

के के भयो भेटमा ?

  •   ४ वर्ष अघि | १७ माघ २०७९, मङ्लबार

माघ १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा पुन एकपटक पार्टी सभापति बनेका रवि लामिछाने र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच आज बिहान भेटबार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्री प्रचण्ड  बिच भेटघाट र छलफल भएको छ । रवि लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग माग गरेका छन । रवि लामिछानेले पछिल्लो समय नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका थिए भने उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री यस विषयमा सकारात्मक देखिएका छैनन्  रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु निरन्तर रुपमा आईरहेका छन् । आजको भेटमा लामिछाने र प्रधानमन्त्रि बिच यिनै विषयमा छलफल भएको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रि  प्रचण्ड सबै विवादका बिषय नमिलेसम्म उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।

थप