माघ २७, काठमाडौं । बिहीबार सुरु भएको केन्द्रीय
कमिटी बैठकमा नेकपा माओवादी केन्द्रले चुनाव चिह्न, पार्टीको नाम, र पार्टी संरचना परिवर्तनको
प्रस्ताव अगाडी बढाएको छ
। १२–२१ माघमा
सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले केन्द्रीय कमिटीको भर्चअल बैठकमा प्रस्तुत गरेका छन् ।
पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा
दीपशिखा भन्छन् ‘अध्यक्ष दाहालले बैठकमा त्यो प्रतिवेदनबारे पनि
बोल्नुभएको थियो,’ ‘उहाँले
यो बहसको प्रस्ताव हो । तपाईंहरु यसमाथि पार्टीभित्र छलफल चलाउँदै जानुहोस्
भन्नुभएको छ ।’
पार्टी बैठकमा अध्यक्ष प्रचण्डलेनै नाम
र चुनाव चिह्न परिवर्तनको प्रस्ताव ल्याएका हुन भने विभिन्न पार्टीहरुसँग एकता गरी
समाजवादी केन्द्र निर्माण गर्न नाम परिवर्तनको प्रस्ताव आएको बताउँछन् माओवादीका
कतिपय नेताहरुले बताएका छन।