माघ १७, काठमाडौँ । चितवन – २ मा हुने उपनिर्वाचनबारे नेपाली
कांग्रेसले आन्तरिक गृहकार्य अगाडि बढाइरहेको छ । रवि लामिछाने नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा) का सभापति र सांसद पद खारेज भएसँगै चितवन- २ मा हुने उपनिर्वाचनमा कांग्रेसले
आफ्नो पक्षबाट आन्तरिक गृर्हकार्य सुरु गरेको छ ।
गएको मंसिर ४ २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट रवि लामिछाने बहमतका साथ निर्वाचित भएका थिए । तर उनि माथी लागेको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजालसले शुक्रबार निष्क्रिय नागरिकता प्रयोग गरेको भन्दै उनी उम्मेदवार बन्न अयोग्य ठहर गरेसँगै लामिछानेको सांसद पद खारेज भएको थियो । यता चितवनका कांग्रेस सभापति राजेश्वर खनाल भने उपनिर्वाचनका बारेमा छलफल गर्न केही दिनदेखि काठमाडौँमा छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । जिल्ला सभापति खनाल भन्छन “सभापति देउवाले उपनिर्वाचन जित्ने गरी पार्टीको संगठन परिचालन गर्न निर्देशन दिएका छन”।
यता निर्वाचन आयोगले चितवन – २ मा उपनिर्वाचन गराउन कम्तीमा
पनि तीन महिना लाग्ने बताइरहेको छ । रवि लामिछानेको सांसद पद खारेजीबारे संसद्
सचिवालयबाट पत्र प्राप्त भएपछि मात्र उपनिर्वाचनका लागि प्रक्रिया अघि बढाउने
आयोगको तयारी छ ।