Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ ।  काठमाडौँमा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। कर्फ्यु आदेश स्थानीय प्रशासन ऐनअनुसार काठमाडौँ महानगरपालिका भित्रका केही क्षेत्रहरूमा लागू हुनेछ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी सूचनाका अनुसार, कर्फ्यु लागु हुने सीमाभित्र कुनै पनि व्यक्तिले हिँडडुल गर्न, भेला, प्रदर्शन, जुलुस, सभा वा बैठक आयोजना गर्न पाउने छैनन्। कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू — एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका गाडी, पर्यटक सवारी, मानव अधिकार र कूटनीतिक नियोगका गाडीहरू तथा हवाई टिकट देखाएर यात्रा गर्ने यात्रुहरूलाई सुरक्षाकर्मीको सहायतामा आवतजावत गर्न दिइने छ।

कर्फ्यु आदेश चक्रपथभित्रको यी क्षेत्रमा लागू हुनेछ, बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदीको पुलसम्मका क्षेत्र यसमा समावेश छन्।

  • न्युज बहार संवाददाता

थप