साउन १, काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गर्ने भएको छ । टेलिग्राम मार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी गरिएको छ ।
टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले जानकारी गराएको छ ।
आज बिहीबार समितिले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै टेलिग्रामलाई कारबाहीको दायरामा ल्याउन भनेको छ ।
- न्युज बहार संवाददाता