फागुन १६, काठमाडौँ । निवर्तमान मन्त्री राजेन्द्र लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारीले आज बिदाइ गरेका छन् । सचिवलगायतका कर्मचारीले मन्त्रालयमा मंगलबार गरिएको बिदाइ कार्यक्रममा सिंह र लिङ्देनलाई ढाका टोपीलगायतले सम्मान गर्दै बिदाइ गरेका हुन् ।
बिदाइ
कार्यक्रममा बोल्दै पूर्वमन्त्री लिङ्देन र पूर्व राज्यमन्त्री सिंहले झण्डै २
महिनाको अवधिमा कर्मचारीले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
उनले भनेका
छन, ' हामी
मन्त्रालयमा केही गर्नुपर्छ भनेर आएका थियौ, जतिदिन मन्त्रालयमा बसियो त्यतिदिन
सबै कर्मचारीसँग पारिवारिक सम्बन्धको रूपमा काम गर्न पाउँदा खुसी लागेको छ । काम
गर्ने सन्दर्भमा पूर्ण रूपमा सहयोग गरेकोमा मन्त्रालयका सचिव तथा कर्मचारीलाई धन्यवाद
व्यक्त गर्दछु । हामी कुनै दाग नलगाईकन मन्त्रालयबाट मन्त्री तथा राज्यमन्त्रीको
रूपमा बाहिरिएका छौँ यसका लागि कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्नै पर्ने हुन्छ।’
राप्रपाले
वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गत फागुन १३ गते गरेको थियो भने
सोही दिन प्रधानमन्त्रीलाई भेटेर राप्रपाका ३ मन्त्रीले सामूहिक राजीनामा गरेका
थिए ।