फागुन ७, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गरेका छन् । केही
दिन अघी पूर्वराजा ज्ञानेन्द्रलाई राखेर कार्यक्रम आयोजना गरेको भन्दै पार्टीमा
कार्वाहीका लागि सिफारिस गरेलगत्तै प्रसाईंले पार्टीको केन्द्रीय सदस्यबाट
राजिनामा दिने घोषणा छन । यता नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई
निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेश १
कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको बताएका
छन ।
कोइरालाले
भने ‘पार्टीको
नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’, अब पार्टी केन्द्रले त्यो
प्रक्रिया पूरा गर्नेछ ।’
उता दुर्गा प्रसाईंले आइतबार झापामा
पत्रकारहरुसँग काठमाडौं आइतबार नै गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईंलाई
गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका
थिए ।