Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दलहरुको छलफल जारी, पुरानो पाँच दलीय सत्ता गठबन्धन व्युताउँने तयारी ।

पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिए सगै राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । राजनीतिक दलका नेताहरु को आज पनि दौडधुप चलिरहेको छ । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी गरेको छ ।

हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । हिजोको उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी गरिएको हो ।

बैठक राष्ट्रपतिको उम्मेदवार चयनमा केन्द्रित हुनेछ भने आजको बैठक पछी उम्मेदवार को बन्ने भन्ने बारेमा निर्णायक घोषणा हुन सक्ने स्रोतले बताएको छ। आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन गरिसक्नु पर्ने प्राबधान रहेको छ ।

थप