Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सुरु।

पार्टी सरकारबाट बाहिरिने कि निरन्तरता दिने भन्नेबारे छलफल हुदै ।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौँ । आज सोमबार पार्टी कार्यालय च्यासलमा नेकपा एमलेको सचिवालय बैठक सुरु भएको छ। केहीबेर अघि मात्र बैठक सुरु भएको हो। आजको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल जानकारी आएको छ। यस्तै पार्टी सरकारबाट बाहिरिने कि निरन्तरता दिने के गर्ने भन्नेबारे पनि छलफल र आवश्यक निर्णय हुने बताइएको छ। 

बैठकमा परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको विषयमा पनि मुख्य छलफल हुने छ ।  पुस १० मा भएको सम्झौतामा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तामा भएको  माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछी उक्त सहमती लागु भएन र यता एमालेले भने पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ सोही बिग्रिएको राजनितिक समिकरण र अन्य विषयमा आजको एमलेको सचिवालय बैठकमा छलफल हुने बताइएको छ।

  • न्युज बहार संवाददाता

थप