फागुन १४।
काठमाडौँ । अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा
भ्रमण रोकिदिएका छन्।
मन्त्री
पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा विमला राई पौड्यालको जेनेभाका लागि जाने तयारी थियो।
प्रधानमन्त्री
कार्यालयबाट दिउँसो साढे तीन बजेतिर फोन आएपछि उनको भ्रमण रोकिएको हो।
परराष्ट्र मन्त्री विमला राई पौड्यालको भनाई यस्तो छ ‘मलाई बिहान प्रधानमन्त्रीज्यूले फोन
गरेर तपाईं जेनेभा कहिले जाँदै हुनुहुन्छ भनेर सोध्नुभएको थियो। मैले आज जाँदैछु भनेर
भनेकी थिएँ। उहाँले म खबर गर्छु भनेर फोन राख्नु भएको थियो।’ भ्रमण रोकिएपछि पत्रकारसँग कुरा गर्दै
मन्त्री पौड्यालले भनिन्,‘दिउँसो
साढे ३ बजेतिर मन्त्रालयमा म विमानस्थल जाने तयारी गरिरहदा मुख्यसचिवको फोन आयो, परराष्ट्र मन्त्री जेनेभा नजानुहोला
भनियो।’
आफूलाई
अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले बताइन्।