माघ २९, काठमाडौँ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजिको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै निवेदन दर्ता गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ता हुनको लागि न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गर्नु पर्ने र सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका सम्पुर्ण राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्नु पर्ने मागगरी युवराज सफलले निवेदन दर्ता गराएका छन ।
युवराज सफलले रवि लामिछानेको राहदानि को विषयमा पनि सम्बन्धित निकायमा उजुरी दिएका थिए ।