Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्कदा एक जना सांसद लडेर घाईते।

राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्कदा एक जना सांसद लडेर घाईते।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ। एक जना प्रदेश सभा सदस्य बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका क्रममा लडेर घाइते भएका छन्।

मधेश प्रदेशका सांसद रहेका गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा संसद भवनको सिँडीमा लडेका हुन्। उनी के कारणले कसरी लडेका हुन् भन्ने खुलेको छैन। 

न्यौपानेको टाउकोमा चोट लागेको छ भने उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ। 

सांसद गोविन्द न्यौपाने सप्तरी- ४ (१) बाट निर्वाचित भएका हुन्।  उनी नेकपा एकीकृत समाजवादी का प्रदेश सभा सदस्य हुन्। 

  • न्युज बहार संवाददाता

थप