साउन ८, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानमा २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन भएको छ । गत असार ७ गतेबाट रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।
यस
अभियानमा मधेस प्रदेशबाट १ लाख ४ हजार ३ सय ६०, कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय
६ हस्ताक्षर सङ्कलन गरिएको छ ।
त्यसैगरी
बागमती प्रदेशबाट सबै भन्दा धेरै ७ लाख १३ हजार ३ सय ३१ हस्ताक्षर सङ्कलन गरिएको छ
। लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१,
सुदूरपश्चिम
प्रदेशबाट १ लाख १० हजार ५ सय १२, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४
र कर्णाली
प्रदेशबाट ७२ हजार १ सय ४२ हस्ताक्षर सङ्कलन गरिएको छ ।
यसमा ह्वास्टएप
मार्फत ७ लाख ५ सय ५२ र इमेल मार्फत ८३ हजार ५ सय ६६ हस्ताक्षर सङ्कलन गरिएको छ ।
- न्युज बहार संवाददाता