Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको छ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री

  •   २ वर्ष अघि | २४ चैत्र २०८०, शनिबार

चैत २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको बताएका छन्।

मन्त्री अर्यालले आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा देशको नेतृत्व गर्न कांग्रेसमा पालो कुरेर बसेका युवा नेताहरू रास्वपा आएपछि आफ्नो पालो नआउने डरले छटपटाएको बताएका छन ।

मन्त्री अर्यालले भने ‘उहाँहरुलाई कांग्रेसमा एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ भन्ने थियो होला तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भन्ने छटपटीले उहाँहरुमा पिरोलेको छ।’

उनले त्यही पीरका कारण अहिले कांग्रेसका युवा नेताहरू रास्वपाको विरोध गरिरहेको समेत बताए । अर्यालका अनुसार जनताले भोट हाल्न राम्रो काम गर्न सक्नुपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप