Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

संघर्ष गर्छौँ, पार्टीलाई बदलेरै छाड्छौँ : गगन थापा ।

  •   ३ वर्ष अघि | २ भदौ २०८०, शनिबार

भदौ २, काठमाडौँ । पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

शुक्रबार इलामको फिक्कलमा आयोजित विचार गोष्ठीमा उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने बताएका हुन।

उनको भनाइ अनुसार पार्टीको विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको हो।

महामन्त्री थापाले भने, ‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ, संघर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ, कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ।’

  • न्युज बहार संवाददाता

थप