असार १, काठमाडौँ
। छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने राष्ट्रिय प्रजातन्त्र
पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताएका छन् । प्रमुख सचेतक शाहीले सभामुख
देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा
गर्दै यस्तो बताएका हुन्।
उनका
अनुसार गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रूपमा
प्रस्तुत भएको र राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको हो।
उनले अहिलेका
गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने बताएका छन।
माओवादीले
छेपारो झैँ रङ फेरेको माओवादीले छेपारो झैँ रङ फेरेको आरोप प्रमुख सचेतक शाहीले लगाएका
छन। उनले आफूहरू माओवादीसँग सहकार्य गरेर संसद्का काम कारबाहीमा अघि नबढ्ने स्पष्ट
पारेका छन।
- न्युज बहार संवाददाता