Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिबाट दिने गरिएको आममाफीको विरोध गरेका छन । उनले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै यस्तो कार्यको विरोध गरेका हुन ।

संविधान दिवसको दिनमा चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिएपछि अहिले जताततै विरोध भइरहेको छ। चेतनकी श्रीमती भारतीले रिगललाई पुन: जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन जारी राखेकी छन् भने उनले सर्वोच्च अदालतमा राष्ट्रपतिको यस निर्णय विरुद्ध रिट निवदन दिएकी छन जसमको सुनुवाइ आज रहेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने समेत बताएका हुन्।

  • न्युज बहार संवाददाता

थप