Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जनताका मुद्दाका रक्षाका निम्ति संघर्षको मोर्चालाई सुदृढ गरिनेछ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौ २, काठमाडौँ । पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रचण्डले वि.सं. २०५१ सालमा शहीद भएका तत्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै यसो भनेका हुन । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका र पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढाइएको बताएका हुन । उनका अनुसार केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढिने छ ।

माओवादी केन्द्रले जनताका मुद्दाका रक्षाका निम्ति संघर्षको मोर्चालाई सुदृढ गर्ने उनले बताए ।

नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै उनले जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताए ।

  • न्युज बहार संवाददाता

थप