Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले कर्णालीलाई डम्पिङ साइट बनाउन खोजेको हो? : ज्ञानेन्द्र शाही

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । भ्रष्ट कर्मचारीलाई कारबाही भनेर कर्णालीका जिल्लामा सरुवा गर्ने सरकारको प्रवृत्तिको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आलोचना गरेका छन् ।

आज आइतबार शाहीले प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै काम गर्न नसक्ने र भ्रष्टाचारी कर्मचारीलाई कर्णालीमा सरुवा गरेर सरकारले कर्णालीलाई डम्पिङ साइट बनाउन खोजेको हो भन्दै प्रश्न समेत गरेका हुन ।  

शाहीले यस विषयमा भने– ‘२०८० साल माघ २९ गते समाचारमा के आएको थियो भने, अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश कारबाहीमा भनेर लेखियो, त्यहाँ लेखेको थियो, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भए । अन्त भ्रष्टाचार गर्ने, अपराध गर्ने कर्मचारीलाई मुगु पठाएर कर्णालीलाई डम्पिङ साइट बनाउन खोजेको हो ? यदि डम्पिङ साइट बनाउनै खोजिएको हो भने भन्नुस र नेपालबाट अलग बनाउने हिम्मत राख्नुस्, हामी दमका साथ लड्छौँ, विशाल खस साम्राज्यको इतिहास रहेको छ ।’

  • न्युज बहार संवाददाता

थप