Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यति धेरै सुन आएको छ, फेरी स्वर्ण युग नआए कहिले आउँछ त? : केपी ओली

  •   ३ वर्ष अघि | ६ असोज २०८०, शनिबार

असोज ६, काठमाडौँ । सरकार आफैंले सुन तस्करी गरिरहेको पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्।

उनले काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सुन तस्करी प्रकरण चलाउनेहरू आफैंले स्वर्ण युग आयो भनेर भनिरहेको बताएका हुन । 

उनले भने ‘भेपमा सुनैसुन, यहाँ ब्रेक सुमा सुनैसुन, सिग्रेट खान खोज्यो सुनैसुन, पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन, स्वर्ण युग आयो भन्दैछ सरकार, यति सुन आएको छ फेरी स्वर्ण युग नआए कहिले आउँछ त?

उनका अनुसार सरकारले नै विभिन्न काण्डहरू चलाइराखेको छ । 

  • न्युज बहार संवाददाता

थप