Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महरालाई पक्राउ गरेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिए सरकारलाई धन्यवाद

  •   ३ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

महामन्त्री थापाले सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारलाई महरालाई पक्राउ गरेकोमा धन्यवाद दिएका हुन् ।

प्रतिनिधिसभा बैठक  बोल्दै भने ‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठाएको थियो । शक्तिशाली मान्छे सुन तस्करी प्रकरणमा वभएका छन् । उनीहरूमाथिको छानबिन त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट सही टुङ्गोमा पुग्न सक्दैन, तत्कालीन प्रतिपक्षको आशङ्का थियो की शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने सही साबित भयो, आयोगले प्रतिवेदन बुझाएको छ र हामीले भर्खरै कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

  • न्युज बहार संवाददाता

थप